जीतपुरसिमरा उप–महानरपालिकाको बजेट : १,२८,८५,६६,०००
ए वान डेस्क /
आगामी आर्थिक बर्ष २०७६/०७७ का लागी जीतपुरसिमरा उप–महानगरपालिले आज १ अर्ब २८ करोडभन्दा बढिको बजेट प्रस्तुत गरेको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको तेश्रो नगरसभामामा आज उप–प्रमुख चौधरीले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागी १ अर्ब २८ करोडभन्दा बढिको बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरसभामा बजेट प्रस्तुत गर्दे उप–प्रमुख चौधरीले आगामी आर्थिक बर्षका लागी १ अर्र्ब २८ करोड ८५ लाख ६६ हजार बिनियोजन गरिएको बताउनुभयो । जस अनुरुप आर्थिक बर्षमा आयतर्फ संघिय सरकारबाट २९ करोड २० लाख र प्रदेश सरकारबाट ८९ लाख ५४ हजार गरी वित्तीय समानिकरण अनुदान स्वरुप ३ करोड ५४ लाख रहेको छ ।
राजश्व बाडफाडतर्फ संघिय सरकारबाट २० करोड ४९ लाख र प्रदेश सरकारबाट १ करोड ९९ लाख १२ हजार गरी २२ करोड ४८ लाख १२ हजार रहेको छ । सशर्त अनुदानतर्फ संघिय सरकारबाट ३८ करोड २८ लाख र प्रदेश सरकारबाट २ करोड रहेको छ । यसैगरी विशेष अनुदान र समपुरक अनुदान ४ करोड रहेको छ ।
आन्तरिक राजश्व प्रक्षेपण २० करोड, विकास कार्यमा सहभागिता २ करोड तथा चालु आर्थिक बर्षको वचत मैज्दात हुने रकम १० करोड रहेकोसमेत उप–प्रमुख चौधरीले बताउनुभयो । बजेट प्रस्तुत गर्नुअघि जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नगरसभाको उद्घाटन कार्यक्रममा बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, प्रदेशसभा सदस्य शोभा लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईले गर्नुभएको थियो ।















