पशुपति शर्माको ‘लुट कान्छा’ पछि ‘ए सरकार २’ लाई थ्रेट, भिडियो डिलिट गर्न आयो धम्की (भिडियोसहित)

ए वान डेस्क /
नेपालका चर्चित लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ निकै समय भाईरल बन्यो । भाईरल बनेको केहि दिनपछि नै पशुपति शर्माले सरकार विरोधी गित निकालेकोभन्दै युवा संघ नेपालले बिज्ञप्ति नै जारी गर्यो ।
युवा संघ नेपालले बिज्ञप्ति नै जारी गरेपछि गायक पशुपति शर्मा युट्युबबाट गित हटाउन बाध्य भए । गित हटाएपछि त गायक पशुपति शर्माको पक्षमा जनलहर नै उर्लियो ।
पशुपति शर्माको लुट कान्छाको गित युट्युबबाट हटाउन धम्की आए जस्तै यतिबेला चर्चामा रहेको ए सरकार २ को गित हटाउनपनि धम्की आएको बुझिएको छ । ए सरकार २ का गायक देवेन्द्र कार्की र संगितकार विकास पाण्डेले आफुहरुलाई गित हटाउन धम्की आएको बताए ।
‘पशुपति जीको गितमा जस्तै तपाईहरुको गितपनि सरकार विरोधी भयो भनेर हामीलाई धम्की आएको छ’ गायक कार्कीले भने ।
थप कुराकानी यो अन्र्तवार्तामा हेर्नुहोस् ।
https://youtu.be/aIj1xQ30glw