बाराको सिमरास्थित क्लासिकल इन्डस्ट्रिज प्रालिमा आगलागी

ए वान डेस्क
१३ असार २०७६, शुक्रबार १२:५४

बाराको सिमरास्थित क्लासिकल इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ ।

जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं. ४ सिमरामा रहेको सो उद्योगमा गएराति आगलागी हुँदा ठूलो क्षति भएको हो । उद्योगको भट्टी सञ्चालनका लागि राखिएका दाउरामा आगो सल्किँदा भयावह रुप लिएको थियो ।

आगलागीबाट उद्योगका विभिन्न उपकरण जल्नुका साथै म्याट्रेस बनाउन प्रयोग हुने कच्चा पदार्थ र भट्टी आसपासका फलामे ट्रष्ट पनि जलेर नष्ट भएका छन् । आगलागीबाट उद्योगमा करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

राति साढे १० बजे उद्योगको भट्टीबाट सुरु भएको आगलागी आज बिहान ६ बजेमात्रै नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

स्थानीय, प्रहरी, नेपाली सेना र ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको ह ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*