आफूलाई धर्ती माता भन्दै महिलामाथि आक्रमण गर्ने पक्राउ
आफूलाई धर्ती माता भन्दै महिलामाथि आक्रमण गर्ने एक महिला पक्राउ परेकी छन् । भद्रकाली मन्दिर परिसरमा आफूलाई धर्तीमाता भन्दै आक्रमण गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
विष्णु कुँवरले मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालामा पोष्ट गरेपछि ती महिलालाई बालाजु बाइपासबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीले बताए । – बाह्रखरी















