मलाइकासँगको प्रेम खुलाए अर्जुनले

ए वान डेस्क
१५ असार २०७६, आईतवार ११:३५

आफ्नो परिवारको दबाबलाई बेवास्ता गर्दै बलिउड अभिनेता अर्जुन कपुरले अभिनेत्री मलाइका अरोरासँगको प्रेमलाई सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन् ।

चार दिनअघि अर्जुनको जन्म दिनमा मलाइकाले आफूहरूको प्रेम सम्बन्धको खुलासा सामाजिक सञ्जालमा गरेकी थिइन् । त्यसप्रति खुसी व्यक्त गर्दै अर्जुनले मलाईकालाई पनि आफ्नो तर्फबाट अटुट माया भएको उल्लेख गरेका छन् ।

मुम्बईमा जन्म दिन मनाएका यी जोडी लगत्तै अमेरिका पुगेका छन् । अर्जुन र मलाइका अहिले न्युयोर्कमा घुमघाममा व्यस्त छन् । उनीहरूले आफूहरूको यात्राको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तस्बिरमा एकले अर्कालाई माया गरेको दृश्य देख्न पाइन्छ ।

केही समय घुमघामका लागि निक्लेका अर्जुनले परिवारलाई चुनौती दिँदै मलाइकालाई लिएर अमेरिका पुगेका हुन् । अर्जुन र मलाइकाको विवाहको प्रसंगलाई अर्जुनका पिता एवं चलचित्र निर्माता बोनी कपुरले अस्वीकार गर्दैै आएका छन् ।

मलाइका अरोरा यसअघि मलाइका खानका रूपमा निर्माता तथा अभिनेता अरवाज खानकी पत्नी थिइन् । अरवाजसँग दाम्पत्य सम्बन्ध तोडेपछि उनी अर्जुनसँग नजिक भएकी हुन् । –  एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*