रोपाइँ दिवसमा बाबुराम भट्टराई बने हली

ए वान डेस्क
१५ असार २०७६, आईतवार १५:२७

असार १५ गतेका दिन देशभर धान रोपाइँ दिवस मनाइएको छ । सरकारले देशका विभिन्न भागमा रोपाइँ दिवस मनायो।   कृषिप्रधान देश नेपालमा वर्षमा एक दिन हिलोमा पस्नै पर्ने मान्यता छ।

यही मान्यतलाई पछ्याउँदै समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखामा आयोजित रोपाइँमा सहभागी भए।

त्यसक्रममा छत्रेटोपी र घुँडामुनिसम्मको हाफ पाइन्ट लगाएका उनी हली र बाउसे भएर रोपाइँ दिवसमा सहभागी भएका हुन्। अन्य नेताहरु पनि देशका विभिन्‍न भागमा रोपाइँ दिवसमा सहभागी भएका छन्।

  थाहा खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*