एसिसी यु–१९ क्रिकेटको उपाधि जित्ने लक्ष्यसहित नेपाली टिम मलेसियातर्फ

ए वान डेस्क
१५ असार २०७६, आईतवार १६:२४

कप्तान रोहितकुमार पौडेलले नेतृत्व गर्नुभएको सो टोलीमा रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद खान, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, कमलसिंह ऐरी, खडक बोहरा, तिलक भण्डारी र लोकेश बम छन् । त्यस्तै टोलीको प्रशिक्षकमा विनोद दास छन् भने व्यवस्थापकमा राजु खड्का र फिजियोमा विक्रम न्यौपाने छन्।

प्रतियोगितामा समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल यही असार १८ गते चीनसँग खेल्नेछ। नेपालको समूहमा चीन र सिङ्गापुर छन्। त्यसैगरी नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिङ्गापुरसँग खेल्नेछ।

प्रतियोगितामा यसअघि आठ टोलीले सहभागिता जनाउने भनिए तापनि प्रतियोगिता शुरु हुनु केही दिनअघिमात्रै म्यान्माले नाम फिर्ता लिएको थियो। समूह ए रहेको म्यान्माले नाम फिर्ता लिएपछि उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका हुन्। अर्को समूहमा भने चार टोली छन्।

अर्को समूहमा आयोजक मलेशियासँगै, भूटान, हङ्कङ र थाइल्याण्ड रहेका छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउने छन्। प्रतियोगिता यही असार २५ गतेसम्म चल्नेछ।

नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ। प्रशिक्षक विनोद दास प्रतियोगिता एसिया कपको छनोट भएकाले उपाधि जित्ने बताउँछन्। मलेसिया प्रस्थान गर्नुअघि उनले विगत ३ महिनादेखि खेलिरहेकाले नेपालले उपाधि जित्ने बताए। आइसिसी विश्वकप छनोटको जस्तो गल्ति नगर्ने दासको भनाइ छ। – सेतोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*