धादिङमा दुईवटा माइक्रो र बस आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

ए वान डेस्क
१५ असार २०७६, आईतवार १७:०५

धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर नजिकै एउटा बस र दुईवटा माइक्रो एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३२ यात्रु घाइते भएका छन् । काठमाडौंबाट चितवन जाँदै गरेको लु१ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौ आउँदै गरेको बा३ख १००४ नम्बरको माइक्रो र बा२ख ४५६७ नम्बरको अर्को माइक्रो आपसमा ठोक्किएका हुन् ।

मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ बस्ने २७ वर्षीय श्यामकुमार श्रेष्ठ र नाम नखुलेकी एक महिला रहेकी छन् । घाइतेमध्ये १८ जनालाई थप उपचारका लागि काठमाडाँै पठाइएको छ । – इमेज खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*