प्रेममा बाधक भएपछि छोरीले गराइन आमाको हत्या

ए वान डेस्क
१६ असार २०७६, सोमबार ११:०७

आफ्नै आमाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन्। भक्तपुरकी ईश्वरी भट्टराई आफ्नै आमाको हत्या आरोपमा पक्राउ परेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

एसएसपी थापाका अनुसार प्रेममा बाधक भएको भन्दै उनले आमाको हत्या गर्न लगाएकी हुन्। ईश्वरीसहित अन्य चारजना पनि पक्राउ परेका छन्।

प्रकाउ पर्नेमा ईश्वरीका प्रेमी मोहमद नवशाद रहेका छन्। त्यसैगरी भारतबाट बोलाइएका ‘कन्ट्रयाक्ट किलर’ भोला कुमार र मोहमद रहिसलाई पनि पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए।

आइतबार दिउँसो भक्तपुरको खरिपाटीमा ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरिएको थियो। – अन्नपुर्ण पोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*