रासायनिक मलको अभाव

ए वान डेस्क
१६ असार २०७६, सोमबार १७:०५

लहान : किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ ।

धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहँुदा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईंले बताउनुभयो । उहाँका अनुसार सिरहामा ३० हजार बोरा डिएपी मलको माग रहेकोमा हाल एक बोरा पनि डिएपी मल कृषि सामग्रीको गोदाममा नरहेको प्रमुख चौलागाईंको भनाइ छ । डिएपी मलको अभाव भए पनि युरिया मल भने पर्याप्त रहेको छ ।

डिलर रहेका सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनीले गाउँ गाउँका किसानलाई मलखाद्य बिक्री वितरण गर्दै आएको छ ।  रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*