सिमराको सुर्य नेपालले सिसिटिभि समितिलाई दियो ३ लाख
ए वान डेस्क /
बाराको सिमरामा रहेको बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रा.लिले आज सिसिटिभि जडान तथा ब्यवस्थापन समिती सिमरालाई तिन लाख रुपैया सहयोग गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरामा आयोजित एक कार्यक्रमकाबिच सुर्य नेपाल प्रा.लिले आज तिन लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रमकाबिच सुर्य नेपाल प्रालीको तर्फबाट कमर्सियल प्रमुख उमेश थापा र पब्लिक रिलेशन प्रमुख यज्ञ बहादुर आलेले चेक हस्तान्तरण गर्नुभएको थियो । ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेको विशेष उपस्थितिमा सम्पन्न चेक हस्तान्तरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोबिन्द पुरी, समितिका सचीव मोहन शर्मा लामिछाने, कोषाध्यक्ष कमला कुमारी रिमाल अधिकारी, अनुसन्धान अधिकृत दिपक चौधरी लगायतको उपस्थिति रहेको थियो ।
यसअघि जडान गरिएका मध्य अधिकासं सिसि क्यामेरा बन्द अवस्था छन् । समयमा सिसि क्यामेराको मर्मत नगरिदा थप समस्या उत्पन्न भएको थियो ।
हाल बन्द अवस्थामा रहेका सिसि क्यामेराको मर्मत गर्ने र सिमरा देखि मालपोत चोकसम्म नया सिसि क्यामेरा जडान गर्ने तयारीमा समिति लागेको सचिव मोहन शर्माले जानकारी दिनुभयो ।















