सिमरा प्रहरीद्धारा यात्रुबाहक बसबाट घरेलु मदिरा बरामद

ए वान डेस्क
२९ असार २०७६, आईतवार १८:२६

ए वान डेस्क /

ईलाका प्रहरी कार्यालय सिमराले यात्रुबाहक बसबाट आज ठुलो परिमाणमा अबैद्य घरेलु मदिरा बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक गोविन्द पुरी नेतृत्वको टोलिले शंका लागी चेकजाच गर्दा सिमरा चोकबाट ठुलो मात्रामा अबैद्य घरेलु मदिरा बरामद गरेको हो ।

नारायणगढबाट विरगञ्जतिर आउदै गरेको ना८ख १२९४ नम्बरको यात्रुबाहक बसभित्र लुकाई राखेको अवस्थामा ५७० लिटर अबैद्य घरेलु मदिरा बरामद गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

बरामद गरिएको अबैद्य मदिरा आन्तरीक राजश्व कार्यालय सिमरामा बुझाउने तयारी भईरहेको पुरीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*