विश्वकप फाइनल : न्युजिल्यान्डले दिएकाे २४२ रनको चुनौती पछ्याउँदै इङ्ल्यान्ड
विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई २४२ रनको चुनौती दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले पूरै ५० ओभरमा आठ विकेटको क्षतिमा २४१ रन बनाएको हो ।
न्युजिल्यान्डका लागि हेनरी निकोल्सले सर्वाधिक ५५ रन बनाए। अन्तिममा पाली सम्हालेका टम लाथमले ४७ रन बनाए। कप्तान केन विलियमसन ३०, मार्टिन गुप्टिल र जेम्स निसामले समान १९, रोस टेलर १५ बनाए।
इङ्ल्यान्डका लायम प्लङ्किट र क्रिस बोक्सले तीनतीन विकेट लिए भने जोफ्रा आर्चर र माक उडले एकएक विकेट लिए। अहिले इङ्ल्यान्ड जवाफी ब्याटिङ गर्दैछ ।















