टी-ट्वान्टी विश्वकप एसिया छनोट : कुवेतसँग हार्‍यो कतार, नेपाललाई फाइदा !

ए वान डेस्क
१० श्रावण २०७६, शुक्रबार १२:५३

टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपाललाई हराएको कतार कुवेतसँग पराजित भएको छ ।

सिंगापुरमा शुक्रवार भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको हो । प्रतियोगितामा कुवेतको यो पहिलो जित हो भने कतारको दोस्रो हार ।

कुवेतले प्रस्तुत गरेको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन मात्र जोड्न सक्यो ।

जितसँगै कुवेतको ३ खेलमा ३ अंक पुगेको छ भने कतारले समान खेलबाट २ अंक जोडेको छ। अंक तालिकामा कुवेत दोस्रो र कतार अन्तिम स्थानमा छन् ।

शुक्रवारको दोस्रो खेलमा मलेसिया र सिंगापुर आमने–सामने हुँदैछन् । २ खेलबाट ३ अंक जोडेको सिंगापुर अंक तालिकाको पहिलो र २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छन् ।

यो खेल सिंगापुरले जितेको खण्डमा आफ्नो बाँकी दुई खेल जित्दा नेपाल विश्वकपको अन्तिम चरणको छनोटका लागि छनोट हुनेछ । अर्थात् अरू टीमको नतिजामा भर पर्नुपर्ने बाध्यता रहनेछैन ।

मलेसियाको जितमा पनि नेट रन रेटका आधारमा अगाडि जाने सम्भावना जीवित रहनेछ ।

नेपालले कुवेत र सिंगापुरसँग खेल्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*