विश्वकप छनोट खेल नेपालमा नहुने
२०७२ को भूकम्पबाट क्षतिग्रस्त दशरथ रंगशाला बेलैमा नबन्दा विश्वकप २०२२ को छनोट खेल नेपालले घरेलु मैदानमा खेल्न नपाउने भएको छ ।
होम एण्ड अवे दुवै खेल नेपालले प्रतिश्पर्धी देशमै खेल्ने व्यवस्थाका लागि एसियाली फुटबल महासंघ (एएफसी)लाई अखिल नेपाल फुटवल संघ (एन्फा)ले आग्रह गरेको छ ।
एएफसीले केही समय अगाडि सार्वजनिक गरेको तालिकाअनुसार १९ भदौमा कुवेतसँग र २४ भदौमा चाइनिज ताइपेईसँग होम खेल खेल्नुपर्नेछ । २३ असोजमा जोर्डनसँग पनि होम खेलकै तालिका सार्वजनिक भएको छ । तर, रंगशाला नबनेकाले यी खेलहरुलाई अवेमा रुपान्तरणका लागि एएफसीलाई आग्रह गरेको हो ।
यसबाहेकका खेल भने रंगशाला बने नेपालमा हुने एन्फाले जनाएको छ । तालिकाअनुसार २ मंसिरमा कुवेतसँग, १३ चैतमा चाइनिज ताइपेईसँग, १८ चैतमा अष्ट्रेलिया र २२ जेठमा जोर्डनसँग नेपालले खेल्नुपर्नेछ ।















