सुनको भाउ अहिलेसम्मकै महँगो

ए वान डेस्क
१९ श्रावण २०७६, आईतवार १२:२८

सुनको भाउ लगातार बढ्दा कारोबार ठप्प जस्तै भएको व्यवसायीले बताएका छन् ।

सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो अर्थात तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउले आइतबार नयाँ कीर्तिमान बनाएको हो । सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । त्यसकै असर नेपालमा पनि परेको हो । सुनको भाउ महँगो भएपछि कारोबार ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीले बताएका छन् ।

अहिले सुन किन्ने भन्दा पनि बेच्ने धेरै भएको उनीहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*