सात दिने क्रिष्टलका गहना बनाउने तालिम सम्पन्न

ए वान डेस्क
२० श्रावण २०७६, सोमबार १४:३९

बाराको सिमरास्थित जनहित उपभोक्ता समितीद्वारा सञ्चालित सात दिने क्रिष्टलका गहना बनाउने तालिमको आज समापन गरिएको छ ।

गत साउन १२ गतेदेखी १८ गतेसम्म आयोजना गरिएको तालिमको आज समतीको सभाहलमा आजोजित एक कार्यक्रमका बिच समापन गरिएको हो । सात दिनसम्म सञ्चालन गरिएको तालिममा स्थानिय १८ जना महिलाहरुलाई सुमित्रा तिमल्सीनाले प्रशिक्षण दिएकी थिईन् ।

यसैबिच आजै पर्सा राष्ट्रिय निकुञ्ज मध्येवर्ती क्षेत्र जनहित उपभोक्ता समिती परिसरमा बृक्षरोपण समेत गरिएको छ ।

समिती सभापती अमृतलाल श्रेष्ठको अध्यक्षता एवं पर्सा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत शिव नारायण साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको क्रिष्टल गहना बनाउने तालिम समापन तथा बृक्षरोपण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, राधाकृष्ण सामुदायिक बन समुहका अध्यक्ष चोला बहादुर पण्डित, मुसहर्निमाई सामुदायिक बन समुहका अध्यक्ष कुवेर न्यौपाने, नेपाली काँग्रेसका नेता छबिलाल शर्मा लगायत स्थानिय बिभिन्न संघसँस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाकि उपाध्यक्ष अनिता लम्साल अधिकारीले गरेकि थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*