पर्यटन सहकारी बाराको पहिलो साधारणसभा : उप्रेती भए अध्यक्ष (हेर्नुहोस् नामावली)
ए वान डेस्क /
होटल तथा पर्यटन सहकारी संस्था लिमिटेड बाराको पहिलो अधिवेशनसहितको साधारणसभा आज सम्पन्न भएको छ । पहिलो अधिवेशनसहितको साधारणसभाको जीतपुरसिमरा उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सेढाईले व्यवसायीको हितका निम्ति पर्यटन सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ‘होटल व्यवसायी संघको गतिविधि नै प्रशंसनीय छ, अब संघ जस्तै पर्यटन सहकारीले पनि आफ्नो गतिविधि प्रभावकारी बनाउनुपर्छ’ उहाले भन्नुभयो ।
कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का महासचिव मोहन शर्माले पर्यटन सहकारीको काम सम्मान योग्य रहेको बताउनुभयो । ‘सहकारीले छोटो समयमा निकै प्रगति गरेको छ, यसलाई थप व्यवस्थित बनाउदै लैजानुपर्छ’ उहाले भन्नुभयो ।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का सदस्य गोविन्द गहतराज, होटल व्यवसायी संघ बाराका पुर्व अध्यक्ष दिपक सिम्खडा, उपाध्यक्ष अर्जुन लम्साल, महासचिव शम्भु खड्गी, पत्रकार प्रकाश लम्साल लगायतको उपस्थिति रहेको थियो । होटल तथा पर्यटन सहकारी संस्था लिमिटेड बाराका अध्यक्ष प्रलाद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा पर्यटन सहकारीका सचिव लक्ष्मण अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
नया कार्यसमिति चयन
पहिलो अधिवेशनसहितको साधारणभाले होटल व्यवसायी संघका उपाध्यक्ष प्रलाद उप्रेतीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष बिनोद जैसवाल, सचिव शम्भु खड्गी, कोषाध्यक्ष कल्याण्ँी गौतम चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा राज कु. थापा, ज्ञानेन्द्र काकी, हरिहरा श्रेष्ठ, शर्मीला शाह ठकुरी र अम्बर श्रेष्ठ रहुनभएको छ । साधारणसभाले लेखा समितिको संयोजकमा लक्ष्मण अधिकारी र सदस्यहरुमा मुन्ना साह र मुन्नीकाजि मगर चयन हुनुभएको अध्यक्ष प्रलाद उप्रेतीले जानकारी दिनुभयो ।
यस्तै ऋण उप–समितिको संयोजकमा शम्भु खड्गी चयन हुनुभएको छ । सदस्यहरुमा भने गोविन्द गहतराज, सुर्य लामा, जय प्रकाश साह चयन हुनुभएको उप्रेतीले जानकारी दिनुभयो ।















