तपाईंको खानामा पोषक तत्वको कमी त छैन ? यस्ता रोग लाग्न सक्छन्

ए वान डेस्क
२६ श्रावण २०७६, आईतवार १४:२७

हामीले दैनिक खाने खानामा शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरुको कमी भएमा स्वास्थ्य समस्या र रोगहरु निम्तिन्छ । शरीरलाई पोषण तत्वको कमी हुँदा मात्रै होइन बढी भएमा पनि स्वास्थ्यमा समस्याहरु आउँछ ।

शरीरमा पोषण तत्वहरु बढी हुनुलाई अधिक पोषण पनि भनिन्छ । उमेर अनुसार शरीरलाई चाहिनेभन्दा बढी पोषण तत्वहरु भएका खाद्यान्न प्रयोग गर्दा शरीरमा विभिन्न किसिमका रोगको खतरा हुन्छ । अधिक पोषण तत्वका कारणले शरीरमा दीर्घ रोग लाग्ने सम्भावन रहन्छ ।

अधिक पोषणले लाग्न सक्ने रोगहरु यी हुन्

– मोटोपना,

– मुटुको रोग,

– उच्च रक्तचाप,

– मधुमेह,

– जोर्नी तथा पिठ्यु दुख्ने समस्या,

– हाड जोर्नी सम्बन्धी समस्या,

– पित्तथैली र पाचन प्रणाली सम्बन्धी समस्याहरु अधिक पोषणका कारणले हुनसक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*