हिरासतको ताला फोडेर दुई भारतीय थुनुवा फरार

ए वान डेस्क
२८ श्रावण २०७६, मंगलवार ११:३७

प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा सोमबार राति फरार भएका छन्। इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको ताला फोडेर थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

फरार हुनेमा भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल रहेको जिल्ला डिएसपी महेन्द्रकुमा श्रेष्ठले जनाए।

चोरीको आरोप लागेको विषयमा हिरासतमा राखेर प्रमाण जुटाउँदै गरेको अवस्थामा फरार भएको उनले जनाए। डिउटीमा बसेको प्रहरी शौचालय गएको मौका पारेर उनीहरु भागेको उनको भनाइ छ।

थुनुवा भाग्नु गम्भीर कुरा भएकाले ड्युटीमा रहेका प्रहरीमाथि प्रहरी कार्यालय झापाले अनुसन्धान सुरु गरेको उनले बताए। घट्नापछि दुवै भारतीय थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*