पथलैयाबाट लागुपदार्थ सहित ५ जना पक्राउ
बाराको फरक फरक ठाउँबाट प्रहरीले लागुपदार्थ सहित ५ जनालाई पक्राउ गरेको छ। बाराको कलैया उपमहानगरपालिका १० मटिअर्वामा जाँच गर्ने क्रममा तीन जनालाई लागुपदार्थ सहित प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कलैया उप महानगरपालिका ६ का हारुण मियाँ, सागर जैसवाल र भरत महतो धानुक छन्। त्यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले महोत्तरीको मनरा सिश्वा नगरपालिका १ का २३ वर्षीय नरेशकुमार मण्डल र १९ वर्षीय श्यामसुन्दर साहलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेका पाँचै जनालाई लागुऔषध मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गराई थप अनुसन्धान भइरहेकोे छ।















