रविले यसबर्ष पनि मामाघरमा मनाए जन्मदिन !
ए वान डेस्क /
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर २ का प्रदेश कमिटि सदस्य रविराज दंगालले यसबर्ष पनि आफ्नो जन्मदिन मामाघरमा मनाएका छन् । बाराको निजगढमा रहेको मामाघर नामक संस्थामा पुगेर दंगालले आज आफ्नो जन्मदिन मनाएका हुन् ।
जन्मदिनको अवसरमा दंगालले आज मामाघरका बालबालिकाहरुसंग खुशियाली साटासाट गरेका छन् । सोही अवसरमा उहाले दैनिक रुपमा जम्मा भएको १८२५ रुपैया रकम मामाघरलाई प्रदान गर्नुभएको छ ।
त्यसको लागी दंगालले दैनिक जसो ५ रुपैया बचत गर्दे आईरहेका छन् । ‘आज गएर खाना पकाएर सबैलाई खुवाए अनि, आफैले पनि खाए’ ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ।
दंगालले २०७३ सालदेखी नै मामाघरमा जन्मदिन बनाउदै आएका छन् ।















