शुरु भयो रामबनटाँडी गोल्डकप, उद्घाटन खेलमा निजगढ विजयी
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ३ मा आजदेखि प्रथम रामबनटाँडी गोल्डकप प्रतियोगिता शुरु भएको छ । आर.टि. युथ क्लबको आयोजनामा आजदेखि शुरु भएको प्रतियोगिताको प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्नुभएको थियो ।
रामबनटाँडी रङ्गशालामा भएको उद्घाटन कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य बिश्वकर्माले प्रतियोगिता सफल्ताको शुभकामना दिनुभयो । ग्रामीण भेगमा आयोजीत प्रतियोगीताले खेलाडी उत्पादन गर्न मद्धत पुग्ने उहाले बताउनुभयो । उहाँले खेल क्षेत्रको विकास गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य सिता गुरुङ्ग, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, नगर उपप्रमुख सरस्वतीदेवि चौधरी, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, ईलाका प्रशासन कार्यलय सिमराका प्रमुख कृष्ण गैरे, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जग्गनाथ घिमिरे, वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठ, नेकपा प्रदेश कमिटि सदस्य राजन पौडेल, जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठ, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोविन्द पुरी, समाजसेवि एवम पुर्व गा.वि.स. अध्यक्ष देवनारायण चौधरी, होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लगाएतको उपस्थिति रहेको थियो ।
आयोजक पराजित
प्रतियोगिताको उद्घाटन खेलमा निजगढ ११ विजयी भएको छ । आयोजक आर.टि. युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दे निजगढले विजयी शुरुवात गरेको हो । निजगढका लागी सुमन कुवरले खेलको ८औ मिनेटमा एक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ दि म्याच निजगढका कुवर घोषित भए ।
प्रतियोगिता अन्र्तगत भोलि सिमराको नव जनजागृती युवा क्लब र एपिएफ सशस्त्र प्रहरी पिलुवा बिच खेल हने प्रतियोगिताका प्रेस संयोजक अनिल तिवारीले जानकारी दिनुभयो । आजदेखि शुरु भएको प्रतियोगिता असोज ११ गतेसम्म चल्नेछ ।















