सिमराका प्रहरी प्रमुखले भने ‘तोकिएको भाडा दर मात्र लिनु’

ए वान डेस्क
१३ आश्विन २०७६, सोमबार १३:२३

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले चाडपर्वको समयमा यात्रुसंग तोकिएको भाडा दर मात्र लिन चालकहरुलाई आग्रह गर्नुभएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत दशैभर शुरु भएको सडक सभ्यता हाम्रो चाहाना, सुरक्षीत यात्राको सबैमा शुभकामना कार्यक्रमको सिमरामा उद्घाटन गर्दे प्रहरी नायव उपरीक्षक पुरीले यस्तो बताउनुभएको हो ।

जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ स्थित सिमरा चोकमा आयोजित कार्यक्रममा बोल्दै पुरीले चाडपर्वको समयमा यात्रुसंग बढि रकम लिएको पाईए कडा कारर्वाही गर्ने चेतावनी दिनुभयो । ‘हामीले सबैको सुरक्षीत यात्रा गर्नुपर्छ, त्यसको लागी तपाई चालकहरुको भुमिका महत्वपुर्ण हुन्छ’ उहाले भन्नुभयो ।

कार्यक्रमकाबिच यात्रु चालकहरुलाई माला खादा र अविरले सम्मानसमेत गरिएको थियो । नेपालीहरुको महानपर्व वडादशै, शुभदिपावली र छठ पर्वको शुभकामना आदान प्रदान समेत गरिएको सो कार्यक्रममा तोकिएको भाडा दरभन्दा बढी रकम नलिनुका साथै ट्राफिक नियम पालना गर्नसमेत आग्रह गरिएको थियो ।

प्रहरी नायव उपरीक्षक पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य धन बहादुर श्रेष्ठ, युवा समाजसेवी रविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*