सिमरामा भोलि गायक कमल के. क्षेत्री आउने

ए वान डेस्क
१६ आश्विन २०७६, बिहीबार २१:०८

ए वान डेस्क /

नेपालका चर्चित गायक कमल के. क्षेत्री भोलि बाराको सिमरामा आउने भएका छन् । युथ क्रियसन नेपालले आयोजना गर्न लागेको फेसन शो कार्यक्रममा आफ्नो प्रस्तुती देखाउन गायक क्षेत्री भोलि सिमरा आउने भएका हुन् ।

नेपाली सांगितिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गराउन सफल क्षेत्रीका थुपै गित हिट छन् । देशैभर हुने कार्यक्रममा प्रायः व्यस्त रहने क्षेत्रीले बिभिन्न विधाका गितमा स्वर दिईसकेका छन् ।

भोलिको कार्यक्रममा क्षेत्रीसहित चर्चित भोजपुरी गायक प्रमोद जख्मी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम संयोजक विजय गुरुङ्गले ए वान समाचारलाई जानकारी दिनुभयो । भोलिको प्रस्तुती हेर्न दर्शकहरुलाई रु पाच सय रुपैयाको टिकट कायम गरिएको छ ।

सम्पुर्ण तयारी पुरा

भोलि हुन लागेको फेसन शो कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपालीहरुको महानपर्व बडडादशै र शुभ दिपावलीको अवसरमा युथ क्रियसन नेपाल फेसन शो गर्न लागेको हो ।

भोलि सिमराको रोयल ईभेन्ट म्यानेजमेन्ट भेन्युमा हुने कार्यक्रम साझ ४ बजेदेखि शुरु हुने कार्यक्रम संयोजक विजय गुरुङ्गले ए वान समाचारलाई जानकारी दिनुभयो । युथ क्रियसन नेपालले यसअघि ईटहरीसहित बिभिन्न सहरमा फेसन शो गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*