जीतपुरसिमरामा रेडियो आकाशवाणी : ‘जनताको प्रतिनिधि आवाज’
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रेडियो आकाशवाणी ९३.१ मेगाहर्ज सञ्चालनमा आएको छ । रेडियोको एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बिश्वकर्माले समाज परिवर्तन गर्न सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । रेडियोले समाज परिवर्तन गर्न सामाज केन्द्रित कार्यक्रमलाई बढि प्राथमिक्ता दिनुपर्नेभन्दै उहाले सत्य तथ्य समाचार मात्र प्रशारण गर्न आग्रह गर्नुभयो ।
‘रेडियोले सत्य तथ्य समाचार प्रशारण गर्यो भने मात्र जनताले बिश्वास गर्छन्, त्यसकारण कसैको प्रलोभनमा परेर कसैको पनि विरुद्ध समाचार लेख्नु हुदैन्’ उहाले भन्नुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सिता गुरुङ्गले रेडियो आवाज बिहिनिहरुको आवाज बन्नुपर्ने बताउनुभयो । ‘तपाईहरु आवाज बिहिनहरुको आवाज बन्नुपर्छ, तब मात्र जनताले तपाईलाई बिश्वास गर्छन्’ उहाले भन्नुभयो ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले रेडियोसंग सहकार्य गरेर अघि बढ्न जीतपुरसिमरा उपमहानगर तयार रहेको बताउनुभयो । जीतपुरसिमरा उप–महानगरपालिकाका उप–प्रमुख सरस्वती देवी चौधरीले जनताको प्रतिनिधि आवाज बनेर अघि बढ्न आग्रह गर्नुभयो ।
जीतपुरसिमरा उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईले रेडियोको सफल्ताको शुभकामना दिनुभयो । कार्यक्रममा अकोराबका केन्द्रिय सदस्य उमेश सुनार, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, नेपाली काग्रेसका नेता बजरंगी साह, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज गुप्ता, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता राजन पौडेल, तत्कालिन जीतपुर गाबिसका अध्यक्ष देवनारायण चौधरी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबाबु गुप्ताले स्वागत मन्तब्य राख्नुभएको थियो । रेडियोका अध्यक्ष राजुराज गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रबन्धक प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा रेडियोको बिषयमा प्रबन्ध निर्देशक बेद भट्टले प्रकाश पार्नुभएको थियो ।
‘जनताको प्रतिनिधि आवाज’
रेडियो आकाशवाणी ९३.१ मेगाहर्ज हर्ष विनायक मिडिया प्रा.लिद्धारा सञ्चालित रेडियो हो । जीतपुरको टेडा रोडस्थित कार्यालयबाट सञ्चालनमा आएको रेडियोले हिजाबाट नियमित प्रशारण शुरु गर्यो ।
जनताको प्रतिनिधि आवाज नारा दिईएको यस रेडियोले जनताको आवाज बोल्ने रेडियोका अध्यक्ष राजुराज गिरिले बताउनुभयो । ‘हामी जनताको आवाज बोल्छौ, यो भिडमा हामी पृथक सामाग्री प्रस्तुत गर्छौ’ उहाले भन्नुभयो ।
रेडियोका प्रबन्ध निर्देशक बेद भट्टले रेडियो आवाज बिहिनहरुको आवाज बन्ने बताउनुभयो । ‘हामी रेडियोबाट प्रशारण हुने हरेक सामाग्रीलाई मजबुत बनाउने छौ, त्यसकारण पनि जनताको प्रतिनिधि आवाज बनेर हामी अघि बढ्नेछौ’ उहाले भन्नुभयो ।















