सिमरामा लक्ष्मिपुजा : ‘भिजिट २०२०’ को रंगोली (फोटो फिचर)
ए वान डेस्क /
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाईदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र र्भयाङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साझ आँगनदेखि मूलढोका हुदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर लक्ष्मी आउने बाटो देखाइन्छ ।
सिमरामा ‘भिजिट २०२०’ को रंगोली
आजको दिनमा घरको आगनमा बिभिन्न किशिमका रंगोली बनाईन्छ । यसैबिच लक्ष्मिपुजाको दिन सिमरामा आज ‘भिजिट २०२०’ को रंगोली बनाईएको छ ।
यसबर्षको तिहारलाई पर्यटन प्रवद्र्धनसंग जोडेर सिमराका युवा प्रविन गौतमले ‘भिजिट २०२०’ को रंगोली बनाएका हुन् । यस्तो छ उनले बनाएको ‘भिजिट २०२०’ को रंगोली :
















