सिमरा महिलाको १२औ बार्षिक साधारणसभा : अध्यक्षमा पुनः लम्साल

ए वान डेस्क
२३ कार्तिक २०७६, शनिबार २०:५९

ए वान डेस्क /

बाराको सिमरामा रहेको सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको बारा क्ष्ँेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बिकले सहकारी सामाजिक क्षेत्रमा निकै क्रियाशिल रहेकोभन्दै प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि सहकारीले सामाजिक कार्यक्रमलाई थप जोड दिनुपर्नेभन्दै उहाले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य सिता गुरुङ्ग, जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, उप प्रमुख सरस्वती देवी चौधरी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरी, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, सहकारीकर्मी मुकुन्द बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो । संस्थाकी अध्यक्ष अनिता लम्साल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निर्मला सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रमकाबिच पत्रकार अनिल तिवारीलाई सम्मान गरिएको थियो भने बिभिन्न विधानमा पुरस्कृत समेत गरिएको थियो ।

अध्यक्षमा पुनः लम्साल

अधिवेशनसहितको १२औ बार्षिक साधारणभाले पुनः अनिता लम्साल अधिकारीको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । नव गठित कार्यसमितको उपाध्यक्षमा मुना खरेल, सचिवमा भिमादेवी शर्मा, कोषाध्यक्षमा गिता शर्मा र सह–सचिव संगिता भण्डारी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा अम्बिका पौडेल, लिलामाया श्रेष्ठ, सान्ता गौतम, सनम पौडेल, शोभा खतिवडा र निलम चौधरी चयन हुनुभएको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।

यस्तै लेखा समिति संयोजकमा सरस्वती गौतम, सदस्यहरुमा पार्वता पराजुली अधिकारी र जयादेवी पौडेल चयन हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*