डा. दम्पतीको ‘रहस्यः जीवन, प्रेम र उर्जा’ को बिमोचन
साहित्यकार डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्धारा लिखित ‘रहस्यः जीवन, प्रेम र उर्जा’ शिर्षकको कृतिको आज बिमोचन गरिएको छ । काठमाण्डौको कमलपोखरीस्थित किस्ट कलेजमा आयोजित एक कार्यक्रमकाबिच वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कृतिको बिमोचन गर्नुभएको हो ।
रहस्यः जीवन र प्रेम डा. प्रद्युम्नराज पाण्डे र उर्जा शिर्षकको कृति डा. नम्रता पाण्डेले लेख्नुभएको हो । कार्यक्रममा बोल्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले यस्ता किशिमका लेख र कृतिले समाज परिवर्तन गर्न ठुलो भुमिका खेल्ने बताउनुभयो । ‘लेख, कृति लेख्दा धेरै कुरामा ध्यान दिनुपर्छ, यसले हाम्रो समाज परिवर्तन गर्न ठुलो भुमिका खेलेको हुन्छ’ उहाले भन्नुभयो ।
कार्यक्रममा वाङ्मय प्रतिस्ठान नेपालको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता प्रतिस्ठानका अध्यक्ष रामप्रसाद पन्तले गर्नुभएको थियो । कार्यक्रममा नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, साहित्कार डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमकाबिच दम्पतीद्धय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन यादव भट्राईले गर्नुभएको थियो ।















