‘फकिरा गिरिलाई नमुना बनाउछु’ : अध्यक्ष रामबाबु गुप्ता
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ । विभिन्न दातृ संस्थाहरुबाट सहयोग प्राप्त ५ वटा कम्प्युटरसहित बिद्यालयमा कम्युटर ल्याब उद्घाटन गरिएको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको अध्यक्षतामासम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले फकिरा गिरिलाई नमुना बिद्यालय बनाउने प्रतिवद्धता जनाउनुभयो ।















