जीतपुरसिमरामा छुट्टाछुट्टै दुर्घटना : तीनको मृत्यु

ए वान डेस्क
५ मंसिर २०७६, बिहीबार २०:५६

जीतपुर–सिमरा उपमहानगरपालिकाको दुई स्थानमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

उपमहानगरपालिका–२२ अमलेखगस्थित चार नम्बर पुलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिला र उनको एक वर्षीय छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका ८ की तीर्थकुमारी राई र उनको एक वर्षीय छोरा आहन चौधरी रहेका छन् ।

दुर्घटनामा उनको श्रीमान राकेश चौधरी गम्भीर घाइते भएका छन् । उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ४६ प २५०४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना५ख ९०५५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिने ट्रकका चालक फरार भएका छन् । प्रहरीले ट्रक नियन्त्रणमा लिएको सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

यसैगरी जीतपुर–सिमरा उपमहानगरपालिका–१ स्थित पथलैयामा बसले मोटरसाइकललाई ठक्कर दिँदा निजगढका आइतसिंह लोप्चनको मृत्यु भएको छ । वीरगञ्जबाट गौरतर्फ जाँदै गरेको बा४ख ५३२० नम्बरको बसले लोप्चन सवार ना११प ५४७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते लोप्चनको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । टाउको, खुट्टा र छातिमा चोट लागेका लोप्चनलाई सिमरास्थित अल्पाइन अस्पतालबाट थप उपचारका लागि वीरगञ्ज लगिएको थियो ।

मोटरसाइकललाई ठक्कर दिने बसका चालक फरार भएको र बससहित सहचालकलाई नियन्त्रणमा लिएको डीएसपी पुरीले जानकारी दिए ।

अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*