बुलेट ग्यास लिक भएपछि अमलेखगञ्ज तनावग्रस्त

ए वान डेस्क
५ मंसिर २०७६, बिहीबार २१:२८

 वान डेस्क /

बाराको अमलेखगञ्जमा बुलेट ग्यास लिक भएपछि अहिले त्यहाको स्थिति तनावग्रस्त बनेको छ । भारतीय नम्बरको एल.एल०१के. २०९५ नम्बरको बुलेट ग्यास लिक भएपछि अमलेखगञ्ज तनावग्रस्त बनेको हो । ईलाका प्रहरी कार्यालय सिमराले दिएको जानकारी अनुसार तिन र चार नम्बर पुलको बिचमा अहिलेपनि बुलेटबाट ग्यास लिक भईरहेको छ ।

‘सेफ्टि भल्ब निस्किएपछि अहिलेपनि ग्यास लिक भईरहेको छ, ग्यास आकाशतिर उडिरहेको छ’ प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले भन्नुभयो । घण्टौदेखि लगातार ग्यास लिक भईरहेपछि अमलेखगञ्ज तनाबग्रस्त बनेको छ । पुरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जको बारुण यन्त्रले ग्यास नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

अमलेखगञ्जमा ग्यास लिक भएपछि हेटौडाबाट आउने र सिमराबाट जाने दुवैतर्फको सवारी सञ्चालनमा रोक लगाईएको छ । प्रहरीका अनुसार हेटौडाबाट आउने सवारी रोतोमाटे र सिमराबाट जाने गाडी पथलैयामा रोक लगाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*