अमलेखगञ्जमा अर्बौको लगानीमा ‘मिनि सौराहा’ बन्दै (भिडियोसहित)
ए वान डेस्क /
बाराको पर्यटकीय नगरी अमलेखगञ्जमा यतिबेला धमाधम सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु खुल्दैछन् । पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै जादा अमलेखगञ्जमा धमाधम होटल तथा रिसोर्टहरु खुल्न थालेका हुन् ।
अमेलेखगञ्ज केन्द्रित भएर लगानीकर्ताहरु उत्साहित हुन थालेपछि यहा“ बिभिन्न अवधारणासहितका होटल तथा रिसोर्टहरु बनाउन थालिएको हो । यसैक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जस्थित हात्तिसारमा अर्बौको लगानीमा ‘मिनि सौराहा’ बनाउने तयारी गरिदैछ ।
होटल तथा पर्यटन व्यवसायी ईच्छा ब. वाग्ले र राजन दहालको संयुक्त लगानीमा बन्न लागेको ‘मिनि सौराहा’ को अवधारणापनि यस्तै छ । ‘मिनि सौराहा’ को अवधारणा अनुरुप झन्डै ३० करोडको लगानीमा अमलेखगञ्जमा ‘गार्डेन सफारि रिसोर्ट’ बनाउने तयारी भईरहेको छ । ‘गार्डेन सफारि रिसोर्ट’ संगै अन्य लगानीकर्तासंगको समन्वयमा अमलेखगञ्जमा ‘मिनि सौराहा’ बनाउने तयारी भईरहेको पर्यटन व्यवसायी राजन दाहालले ए वान समाचारलाई जानकारी दिनुभयो ।
‘मिनि सौराहा’ को अवधारणामा बन्न लागेको ‘गार्डेन सफारि रिसोर्ट’ २०० सालको सुरुवातसंगै सञ्चालनमा आउने दाहालले बताउनुभयो । सो रिसोर्टमा ५२ वटा कोठा, तिन वटा रेष्टुरेन्ट र तिन वटा सेमिनार हल हुने बुझिएको छ ।
यस्तो छ ‘मिनि सौराहा’ अवधारणासहितको थ्रिडि आर्ट ।
https://www.facebook.com/areicon/videos/2191574404430193/















