सम्झौता टोलमा हुने ‘श्रीमद्भागवत सप्ताह’ को तयारी पुरा (भिडियोसहित)

ए वान डेस्क
१४ माघ २०७६, मंगलवार १२:४८

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा हुने श्रीमद््भागवत सप्ताह ज्ञान पितृमुक्ति ज्ञान महायज्ञको सम्पुर्ण तयारी पुरा भएको छ । गढिमाई तथा सिद्धेश्वर महादेव वन वाटिका सेवा समितिको आयोजनामा हुने महायज्ञको सम्पुर्ण तयारी पुरा भएको हो । सिमराको सम्झौता टोलमा रहेको गढिमाई तथा सिद्धेश्वर महादेव मन्दिरको प्राङ्गणमा हुने महायज्ञ भोलिदेखि शुरु हुदैछ ।

माघ १५ गतेसम्म चल्ने महायज्ञमा युवा पण्डित सुदर्शन चालिसेले कथा वाचन गर्नुहुनेछ । महायज्ञलाई सफल बनाउन अमृतलाल श्रेष्ठको संयोजकत्वमा १५१ सदस्यि मुल आयोजक समारोह समित गठन गरिएको छ । मुल समारोह समितिमा अतिथि सत्कार, प्रचार प्रसार, मण्डप व्यवस्थापन, भान्छा व्यवस्थापन, आर्थिक व्यवस्थापन, आर्थिक व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन र मिडिया व्यवस्थापन उप समिति रहेको छ ।

मन्दिर आसपासको क्ष्ँेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ मुल आयोजक समारोह समितिका संयोजक अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । महायज्ञको अध्यात्म कल्याणकारी समाज नेपालले संयोजन गरेको छ । महायज्ञमा प्रत्यक दिन पुजन हवन पाठपारायण, कथा वाचन, महात्म्य कथा, भजन कीर्तन, झाकी प्रदर्शन गरिने संयोजक आचार्यले जानकारी दिनुभयो ।

महायज्ञको २१ गते तिलार्चन तथा लाखबत्ती प्रज्वलन तथा माघ २२ गते पुर्णहुती तथा यज्ञ विसर्जन गरिने आयोजकले जनाएको छ । महायज्ञमा ब्रतबन्ध, तुलादान, पञ्चमीब्रत, जग्गादान, अन्नदान, पितृको फोटो राख्ने व्यवस्था आदी गर्न सकिने संयोजक आचार्यले बताउनुभयो । साथै वस्तुको मुल्यांकन अनुसार सम्मान गर्ने कार्यक्रमपनि रहेको आचार्यले जानकारी दिनुभयो । उहाले महायज्ञलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

महायज्ञको भोलि एक कार्यक्रमकाबिच उद्घाटन गर्ने तयारी गरिएको छ । भोलि बिहान ७ बजे कलश यात्रा निकालिने र बिहान १०ः३० बजे उद्घाटन गरिने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

https://www.facebook.com/rajuraj.giri.756/videos/129378995233284/

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*