जीतपुरसिमरा र कलैयामा सह–सचिवको पदस्थापना : को–को आउदैछन् ?

ए वान डेस्क
२० माघ २०७६, सोमबार ०८:५४

ए वान डेस्क /

सरकारले बाराको दुई वटा स्थानिय तहमा सह–सचिवको पदस्थापना गरेको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत १८ जना सहसचिवको सरुवा गरेको सरकारले हालै बढुवा भएका ४८ जनाको पदस्थापन गरेको हो । जस अन्र्तगत बारामा पनि दुई जना सह–सचिवको सरकारले पदस्थापना गरेको हो ।

सरकारले बाराको जितपुर सिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकामा सह सचिवको पदस्थापना गरेको छ । जसअन्र्तगत जीतपुरसिमरामा खड्गबहादुर कार्की र कलैयामा राजेन्द्रप्रसाद घिमिरेको पदस्थापना गरिएको छ ।

अरु को को कहा भए ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गृह मन्त्रालयका वसन्त अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बावुराम अधिकारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका मानबहादुर विकलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार भुवनहरि अर्याललाई मधेसी आयोगमा सरुवा गरिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीलाई रक्षा मन्त्रालयमा, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूलाई प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेश सुर्खेतमा, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश धनगढीका प्रदेश सचिव शंकरप्रसाद सुवेदीलाई राष्ट्रिय किताबखाना, वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका सहसचिव शिवराम न्यौपानेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै, राष्ट्रिय सूचना आयोगका सहसचिव कुमारप्रसाद दाहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव पीताम्बर घिमिरेलाई गृह मन्त्रालयमा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्रकुमार पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
यसैगरी, राष्ट्रिय किताबखानाकी सहसचिव गीताकुमारी हुमागाईंलाई लोकसेवा आयोगमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई गृह मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, हालै बढुवा भएका सहसचिवलाई विभिन्न निकायमा पदस्थापन गरिएको छ । जसनुसार राजेन्द्रकुमार केसी र बाबुराम खतिवडालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत, बाबुराम भण्डारी र बद्रीराज अर्याललाई अर्थ मन्त्रालय वा अन्तर्गत, सुशील श्रेष्ठ आदिवासी जनजाति आयोग, राजेन्द्रप्रसाद घिमिरे कलैया उपमहानगरपालिका बारामा पदस्थापन गरिएको छ । यसैगरी, नुरहरी खतिवडा, उमेशकुमार ढकाल, सुरेन्द्र पौडेल, यादव सुवेदी, श्रवणकुमार तिमिल्सिना, विष्णुकुमार कार्की, सागर आचार्य, रमेश न्यौपाने, शालिग्राम शर्मा पौडेल, गौलोचन सैजु, शिवराज पोखरेल र जगनाथ पन्तलाई गृह मन्त्रालय वा अन्तर्गत पदस्थापन गरिएको छ ।

त्यस्तै, सहसचिवमा बढुवा भएका टीकाराम ज्ञवाली घोराही उपमहानगरपालिका दाङ, उमेश बस्नेत जनकपुर उपमहानगरपालिका धनुषा, खड्गबहादुर कार्की जितपुर सिमरा उपमहानगरपालिका बारा, कृष्णकान्त उपाध्याय तुलसीपुर उपमहानगरपालिका दाङ, हरि बखती धनगढी उपमहानगरपालिका कैलाली, बद्री अधिकारी पोखरा उपमहानगरपालिका, कृष्णप्रसाद धिताल वीरगन्ज महानगरपालिका, भीष्मप्रसाद न्यौपाने विराटनगर, उपेन्द्र खनाल हेटौडा उपमहानगरपालिका मकवानपुरमा पदस्थापन गरिएको छ । सहसचिव ठाकुर सिग्देललाई प्रदेश प्रमुखको कार्यालय प्रदेश १ विराटनगर, हरिप्रसाद बास्तोला प्रदेश प्रमुखको कार्यालय प्रदेश ४ पोखरा, दुर्गादत्त ढकाल प्रदेश प्रमुखको कार्यालय बाग्मती प्रदेश हेटौंडामा पदस्थापन गरिएको छ ।

यसैगरी, नारायणप्रसाद अधिकारी र सेवन्तराज दाहालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको छ भने टेकराज निरौलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अद्वैत प्रकाश श्रेष्ठ राष्ट्रिय किताबखाना, यमुना प्रधान राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बिनु बज्राचार्य राष्ट्रिय सूचना आयोग, लालबहादुर कार्की लोकसेवा आयोग, रुद्रनाथ देवकोटा बेपत्ता छानबिन आयोग सरुवा भएको छ ।

सहसचिवद्वय यमप्रसाद भुसाल र विष्णुदत्त गौतम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लेखनाथ शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, इन्द्रमणी पोख्रेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*