पथलैया–विरगञ्ज सडक खण्डमा ‘ज्यानमारा’ धुलो ! हेर्नुस् फोटो

ए वान डेस्क
२० माघ २०७६, सोमबार १७:१५

ए वान डेस्क /

पथलैया–विरगञ्ज सडक खण्डलाई यतिबेला ६ लेनको बनाउने काम धमाधम भईरहेको छ । खासगरी यो सडक खण्डलाई ६ लेनको बनाउने काम धमाधम भईरहदा धुलोपनि उत्तिकै उड्ने गरेको छ ।

तर बिषय धुलो उडेको हैन्, सडक निर्माण गर्ने क्रममा निर्माणको जिम्मा पाएको कम्पनीले समयमा पानी नहाल्दा स्थानीयलाई आवत जावत गर्न समस्या भईरहेको छ । सबैभन्दा बढि समस्या सिमराको सुर्य नेपालदेखि जीतपुरको रातोपुलसम्म देखिएको छ ।

खासगरी यो क्षेत्रमा सडक निर्माणको जिम्मा पाएको युनाईटेड कम्पनीले समयमा पानी नहाल्दा आवत जावत गर्न समस्या भएको स्थानीय समाजसेवी निमेश पालिखेलले बताउनुभयो । ‘यो ज्यानमरा धुलोले हामी पिडित छौ, कम्पनीले पनि समयमा पानी हालेको मैले देखेको छैन्’ उहाले भन्नुभयो ।

सडक बिभागको नियम अनुसार निर्माणको जिम्मा पाएको जुन सुकै कम्पनीले पनि समय समयमा सडक क्षेत्रमा पानि हाल्नुपर्ने हुन्छ । तर युनाईटेडले भने त्यसो गरेको देखिदैन् । यता, युनाईटेडका प्राजेक्टर म्यानेजर दिपेन शर्मासंग यस बिषयमा बुझ्दा प्राविधिक समस्याका कारण प्रयाप्त पानि हाल्न नसकिएको बताउनुभयो ।

‘एउटा ट्यांकर बिग्रिएको छ, एउटाबाट पानि हालिरहेका छौ, आजबाट हामी प्रयाप्त पानि हाल्छौ’ उहाले भन्नुभयो ।

हेर्नुहोस् केहि फोटो :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*