जीतपुरसिमरा उपमहानगर : वडा २१ को सटर बर्षौदेखि प्रयोग बिहिन
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को सटर (ब्यापारिक भवन) बषौदेखि प्रयोग बिहिन बनेको छ । ब्यापारिक प्रयोजनका लागी भन्दै वडा नम्बर २१ को कार्यालयले एक बर्षअघि नै सटर निर्माण गरेपनि हालसम्म प्रयोगमा आउन सकेको छैन् ।
एक बर्षअघि वडा कार्यालयले उपभोक्ता समिति नै बनाएर ३ कोठाको सटर निर्माण गरेको थियो । स्थानीय नारायण लामिछानेको अध्यक्षतामा गठित उपभोक्ता समितिले ६ लाख लागतमा सटर निर्माण गरेको थियो ।
वडाको बजेटमा निर्माण भएको सटर बर्षौदेखि प्रयोग बिहिन बन्दापनि सञ्चालन गर्नेतर्फ सम्बन्धीत निकायको ध्यान गएको देखिदैन् । यस बिषयमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीसंग बुझ्दा टेन्डर प्रक्रियाको बिबादका कारण सञ्चालनमा आउन नसकेको बताउनुभयो ।
‘जीतपुरको १३१ वटा सटरको टेन्डर प्रक्रियाको बिबादले गर्दा हामीलाई पनि समस्या भयो, तर अब छिट्टै प्रक्रिया पुरा गरेर हामी सञ्चालनमा ल्याउछौ’ उहाले भन्नुभयो ।















