अमलेखगञ्ज फुटबल प्रतियोगिता : आर्मिद्धारा साहारा २–१ ले पराजित
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा जारी अमलेखगञ्ज गाउ स्तरीय नक आउट फुटबल प्रतियोगितामा आर्मिले विजयी शुरुवात गरेको छ । अमलेखगञ्ज फुटबल क्लबको आयोजनामा वडा नम्बर २१ को सुनौलो खेल मैदानमा जारी प्रतियोगितामा साहारा युवा क्लबलाई पराजित गर्दै आर्मिले विजयी शुरुवात गरेको हो ।
आजको खेलमा आर्मिको जंगल वार फेयरले साहारा युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । आजको म्यान अफ द म्याच आर्मिका अर्जुन राई घोषित भए । प्रतियोगिता अन्र्तगत भोलि एन.जि स्टार र एभरेष्ट युवा क्लबबिच खेल हुने आयोजक अमलेखञ्ज क्लबका अध्यक्ष बिश्वास साहले जानकारी दिनुभयो ।
खेल दिउसो ३ बजेदेखि शुरु हुनेछ । हिजोदेखि शुरु भएको प्रतियोगिता फागुन २ गतेसम्म चल्नेछ । प्रतियोगिता ११ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले १० हजार र उप बिजेताले ५ हजार रुपैया पाउने क्लबका अध्यक्ष साहले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने म्यान अफ द म्याच, हाईस्कोर, बेस्टकप, बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट स्टाईकर आदीलाई पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष साहले बताउनुभयो ।
प्रतियोगितामा सिद्ध बाबा युवा क्लब, तमु युवा क्लब ए, एन.जि स्टार क्लब, एभरेष्ट युवा क्लब,, अमलेखगञ्ज ११, साहारा युवा क्लब, जंगल वार फेयर शिक्षालय, दक्षिणकालि युवा क्लब, तमुल युवा क्लब बि, आकृती युवा क्लब र सिद्ध बाबा युवा क्लबको सहभागिता रहेको छ ।
















