तराई संघको अध्यक्षमा बिष्टको उम्मेदावरी, को–को छन् प्यानलमा ?
ए वान डेस्क /
तराई यातायात व्यवसायी संघ सिमराको अध्यक्ष पदका लागी यातायात व्यवसायी शंकर कुमार बिष्टले उम्मेदवारीको घोषणा गरेका छन् । १४औ बार्षिक साधारणसभा तथा पाचौ अधिवेशनबाट चयन हुने नया कार्यसमितिका लागी बिष्टले उम्मेदवारीको घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै बिष्टले आफ्नो प्यानललाई अत्याधिक मतले विजयी गराउन सबैलाई आग्रह गर्नुभयो ।
यस्तो छ बिष्टको प्यानल
अध्यक्ष– शंकर कुमार बिष्ट
बरिष्ठ उपाध्यक्ष– कृष्ण प्रसाद ढुङ्गेल
दक्षिण क्षेत्र उपाध्यक्ष– सुहैल अख्तर अंसारी
महासचिव– जिवन कुमार श्रेष्ठ
सचिव– देव कुमार श्रेष्ठ, लोकराज पौडेल (मधु)
कोषाध्यक्ष– नारायण प्रसाद घिमिरे (रमेश)
सहकोषाध्यक्ष– युवराज न्यौपाने
सदस्यहरु– मनोज यादव, उम्केश्वर प्रसाद रौनियार (ओम), राम बहादुर कार्की, तुफान फारुक अंसारी, सुदिप रिमाल, दिलुमाया श्रेष्ठ, नवीन थापा, मदनराज कंसाकार, लोक बहादुर पोख्रेल (सानुदाई)















