अमलेखगञ्ज फुटबल प्रतियोगिता : दक्षिणकालि ४–३ ले विजयी (हेर्नुहोस् भिडियो)

ए वान डेस्क
२६ माघ २०७६, आईतवार २०:१२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा जारी अमलेखगञ्ज गाउ स्तरीय नक आउट फुटबल प्रतियोगितामा दक्षिणकालि युवा क्लब विजयी भएको छ । अमलेखगञ्ज फुटबल क्लबको आयोजनामा वडा नम्बर २१ को सुनौलो खेल मैदानमा जारी प्रतियोगितामा तमु युवा क्लबलाई पराजित गरेको थियो ।

निर्धारित ६० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा दक्षिणकालि युवा क्लबले ४ र तमु युवा क्लबले ३ गोल गरेको थियो । खेलमा दक्षिणकालि युवा क्लबका गोल रक्षक रेशम रायमाझी म्यान अफ द म्याच घोषित भए ।

उनलाई नेपाल राष्ट्रिय माद्ययमिक बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र श्रेष्ठले ट्राफि हस्तान्तरण गरेका थिए ।

https://www.facebook.com/rajuraj.giri.756/videos/133971778107339/

प्रतियोगिता अन्र्तगत भोलि आकृती युवा क्लब र सिद्ध बाबा युवा क्लबबिच हुने बुझिएको छ । प्रतियोगिता फागुन २ गतेसम्म चल्नेछ । प्रतियोगिता ११ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको बिजेताले १० हजार र उप बिजेताले ५ हजार रुपैया पाउने क्लबका अध्यक्ष साहले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने म्यान अफ द म्याच, हाईस्कोर, बेस्टकप, बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट स्टाईकर आदीलाई पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष साहले बताउनुभयो । प्रतियोगितामा सिद्ध बाबा युवा क्लब, तमु युवा क्लब ए, एन.जि स्टार क्लब, एभरेष्ट युवा क्लब,, अमलेखगञ्ज ११, साहारा युवा क्लब, जंगल वार फेयर शिक्षालय, दक्षिणकालि युवा क्लब, तमुल युवा क्लब बि, आकृती युवा क्लब र सिद्ध बाबा युवा क्लबको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*