डाबर नेपालले बिद्यालयमा बाड्यो डेस्क बेन्च
बहुराष्ट्रिय कम्पनी डाबर नेपालले आज जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा रहेको आर्दश आधारभुत बिद्यालयमा शैक्षिक सामाग्री प्रदान गरेको छ । वडा नम्बर २३ का वडा अध्यक्ष अस्लम देवानको बिशेष पहलमा डाबर नेपालले बिद्यालयमा आज शैक्षिक सामाग्री प्रदान गरेको हो ।
बिद्यालय परिषरमा आयोजित एक कार्यक्रमकाबिच डाबर नेपालले बुक कर्नर, एक थान कम्प्युटर र प्रिन्टर, १ देखि ८ सम्मका पाठ्यपुस्तक र १५ थान डेस्क बेन्च प्रदान गरेको थियो । सो अवसरमा बिद्यालयका प्रधानाध्यापकलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा वडा नम्बर २३ का वडा अध्यक्ष अस्लम देवान, डाबर नेपालका जि.एम. कैलाशराम चौरसिया, एच.आर हेड मनोज भगत, दिनेश शर्मा लगायतको उपस्थिति रहेको थियो ।















