अमलेखगञ्जमा नेकपाले यसरी मनायो जनयुद्ध दिवस
नेपाल कम्युनिष्ट पार्टी नेकपाले बाराको अमलेखगञ्ज आज जनयुद्ध दिवस मनाएको छ । नेकपा वडा नम्बर २१ को वडा कमिटिले आज दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको हो । दिप प्रज्वलन कार्यक्रममा अमलेखगञ्जका स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
दिप प्रज्वलनसंगै महान शहिदहरुको सम्झनामा मौन धारणा समेत गरिएको वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले जानकारी दिनुभयो । दिप प्रज्वलन अघि आयोजित सभामा बोल्दै वक्ताहरुले शहिदहरुको सपना साकार गर्न सम्बद्ध सबै पक्ष गंभिर हुनुपर्ने धारणा राखेका थिए ।
फोटोमा हेर्नुहोस् अमलेखगञ्जको जनयुद्ध दिवस
















