तराई यातायात व्यवसायी संघ : आज निर्वाचन, कसले मार्ला बाजी ?
ए वान डेस्क /
तराई यातायात व्यवसायी संघ सिमराको नया कार्यसमिचि चयन गर्न आज निर्वाचन हुदैछ । ओमकृष्ण कार्की नेतृत्वको कार्यसमितिको समय सकिएपछि नया कार्यसमिति चयन गर्न आज निर्वाचन हुन लागेको हो ।
पाचौ अधिवेशबाट नया कार्यसमिति चयन हुने हुदा नया कार्यसमितिको लागी यतिबेला दुई वटा प्यानल चुनावी मैदानमा छन् । नया नेतृत्वको लागी शंकर कुमार बिष्ट र जगन्नाथ कुमार कल्वार छुट्टा छुट्टै प्यानल बनाएर चुनावमा होमिएका छन् ।
उम्मेद्धवारहरुले आफ्नो पक्षमा व्यवसायीक मत बढि रहेकोभन्दै निर्वाचन आफुले नै जित्ने दाबी गरिरहेका छन् । मतपरिणामबाट बाजि कसले मार्ला त्यो भने निर्वाचनपछि नै थाहा हुनेछ ।
परिस्थिति हरेर आजै मतगणना गरिने निर्वाचन कमिटिले जनाएको छ ।















