तराई यातायात व्यवसायी संघ : मतगणना शुरु
ए वान डेस्क /
नया कार्यसमिति चयन गर्न तराई यातायात व्यवसायी संघ सिमरामा आज भएको मतदानको मतगणना शुरु भएको छ । पाचौ अधिवेशनबाट ३ बर्षे कार्यकालका लागी आज भएको मतदानको केहिबेर अघिदेखि मतगणना शुरु भएको हो ।
विहान ९ बजेबाट सुरु भएको मतदान साझ ५ बजे सकिएको थियो । निर्वाचनको मतपरिणाम आजै आउने निर्वाचन कमिटिले जनाएको छ । निर्वाचन कमिटिका सुचना अधिकारी बसन्त खतिवडाले दिनुभएको जानकारी अनुसार मध्यरातसम्म निर्वाचनको अन्तिम मतपरिणाम आईसक्नेछ ।
कार्यालय परिषरमा भएको मतदानमा ११९६ मत खसेको थियो । प्रतिशतमा करिब ७१ प्रतिशत मत खसेको हो । मतगणना स्थलको सुरक्षा व्यवस्था निकै कडा बनाईएको छ । नया कार्यसमितिको लागी दुई वटा प्यानल चुनावी मैदानमा छन् ।
अध्यक्षका उम्मेदवार शंकर कुमार बिष्ट र जगननाथ प्रसाद कलवार छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।















