दोलखा महोत्सव : तयारी तिब्र, यस्तो बन्यो ‘मुल गेट’

ए वान डेस्क
१५ फाल्गुन २०७६, बिहीबार ०९:३७

ए वान डेस्क /

दोलखा महोत्सवको तयारी तिब्र रुपमा भईरहेको छ । द लिड ईन्टरटेण्टमेन्ट एण्ड एडभरटाईजिङ्ग प्रा.लिले दिएको जानकारी अनुसार महोत्सवको तयारी धमाधम भईरहेको हो ।

दोलखाको चरिकोटमा हुन महोत्सव यही फागुन २१ गतेदेखि शुरु हुदैछ । ‘तयारी धमाधम भईरहेको छ, हामीले महोत्सवको प्रचार प्रसार पनि तिब्र पारेका छौ’ महोत्सवको ईभेन्ट हेरिरहेको द लिड ईन्टरटेण्टमेन्ट एण्ड एडभरटाईजिङ्गका अध्यक्ष बिमल खड्गीले भन्नुभयो ।

‘धेरै जसो ठाउमा मुल गेट बनाईसकेका छौ, कलाकारको बिषयमा पनि प्रचार प्रसार गरिरहेका छौ’ उहाले भन्नुभयो । फागुन ३० गतेसम्म चल्ने महोत्सव दोलखा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको हो ।

महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*