नेपाल मत्स्य व्यवसायी संघ बारा : अध्यक्षमा बिरेन्द्र चौधरी सर्वसम्मत

ए वान डेस्क
१८ फाल्गुन २०७६, आईतवार १६:५७

नेपाल मत्स्य व्यवसायी संघ बाराको अध्यक्षमा बिरेन्द्र चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् । बाराको कोल्हवीमा भएको तेस्रो अधिवेशनबाट संघको अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएका हुन् ।

चौधरी यसअघि जंगबहादुर शाह नेतृत्वको कार्यसमितमा बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । कोल्हवीको तामागढी ईभेन्ट भेन्युमा हिजो भएको तेस्रो अधिवेशनले चौधरीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा परमानन्द साह, उपाध्यक्षमा रबिन्द्र चौधरी र दिपक प्रसाद पास्वान, सचीवमा संजय चौधरी, कोषाध्यक्षमा किशोर क्षेत्री थापा, सह सचिवमा लालबाबु प्रसाद सहनी र श्यामबाबु प्रसाद कुश्वाहालाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा रामाकान्त राय, रामएकवाल यादव, प्रबिन चौधरी, संजय चौधरी, बलराम अधिकारी, रामहरी अचार्य, रामेश्वर थापा, सिकेन्द्र दास, सरजंग थापा, दयाशन्कर यादव, राजेन्द्र सहनी र केदार बहादुर भन्डारी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । अधिवेशनले सल्लाहकारमा जङ्ग बहादुर साह, भुनेश्वर धामी, रामबाबु यादव, भरत भन्डारी, किशोरी साह कानु र थिर बहादुर बोहरालाई चयन गरेको छ ।

यसअघि तेस्रो अधिवेशनको कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । निवर्तमान अध्यक्ष जंगबहादुर शाहको अध्यक्षतामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोह कार्यक्रमको सञ्चालन सञ्जय चौधरीले गर्नुभएको थियो ।

कार्यक्रममा करैयामाई गाउपालिकाका प्रमुख भुनेश्वर धामी, बाराका प्रमुख जिल्ला अधिकारी मडिन्द्रमणि पोखरेल, मत्स्य ब्यबसायी संघका केन्द्रिय उपाध्यक्ष मधुसुधन अधिकारी, महासचिव योगेन्द्र महतो, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोन बाराका अक्षयक्ष रामकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*