अमलेखगञ्जमा ‘सम्मान कार्यक्रम’ : शिक्षक नायकदेखि बिद्यार्थीसम्म सम्मानित
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा रहेको नेपाल राष्ट्रिय माद्ययमिक बिद्यालयमा आज सम्मान कार्यक्रमको आयोजना गरिएको छ । वडा नम्बर २१ को सहयोगमा नेपाल राष्ट्रिय माद्ययमिक बिद्यालयले सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमकाबिच १०, ११ र १२ कक्षामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई कार्यक्रमकाबिच सम्मान गरिएको थियो । उत्कृष्ट हुन सफल बिद्याथीहरुलाई नगद चार हजार रुपैयासहित सम्मान गरिएको बिद्यालयका प्राचार्य प्रविण काफ्लेले जानकारी दिनुभयो । यस्तै कार्यक्रमकाबिच एन.सि.सिका बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
एन.सि.सि सदस्यमार्फत विभिन्न कार्यक्रम तथा समारोहमा आफ्नो कला प्रस्तुत गरे बापत ३६ जनालाई सम्मान गरिएको प्राचार्य काफ्लेले जानकारी दिनुभयो । यसैबिच, एन.सि.सिका शिक्षक नायक सुवास श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरी, सामाजिक विकास शाखा प्रमुख सुमित्रा कार्की, वडा नम्बर २१ का वडा सदस्यहरु गंभिर नेपाली, पेमा बल, गंगा बि.क लगायतको उपस्थिति रहेको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक सुवास श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर २१ का सचिव बालाराम खड्काले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।















