निजगढ पुगेर उप प्रधानमन्त्री पोखरेलले के भने ?

ए वान डेस्क
२० फाल्गुन २०७६, मंगलवार १७:१३

उप-प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले द्रूतमार्गको काम समयमै सम्पन्न हुने बताउनुभएको छ । मंगलबार बाराको निजगढ नगरपालिकाको नव–निर्मित भवन उद्घाटन पश्चात् आयोजित कार्यक्रममा मन्त्री पोखरेलले उक्त कुरा बताउनुभएको हो ।

पुल र टनेलका लागि ग्लोबल टेन्डर आह्वान पश्चात् द्रूतमार्गको प्रगति देखिने मन्त्री पोखरेलले बताउनुभयो । ‘पुल र टनेलका लागि ग्लोबल टेन्डरको प्रक्रियामा रहेकाले टेन्डर पक्रिया पश्चात् काम सुरु हुन्छ । अब ठूला काम भनेको टनेल र पुल नै हो’, मन्त्री पोखरेलले भन्नुभयो ।

द्रूतमार्ग र दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल एक–आपसमा सम्बन्ध राख्ने हुनाले विमानस्थल पनि बाराको निजगढमै बन्ने विश्वास व्यक्त गर्नुभयो । प्राविधिक ढंगबाट निजगढको विकल्प नदेखिएकाले दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्ने भन्दै मन्त्री पोखरेलले सर्वोच्चको कारण काम नरोकिने बताउनुभयो ।

‘द्रूतमार्ग र विमानस्थलका कुराहरु प्रक्रियाबाट नै छिनोफानो गर्नुपर्छ । कानून सम्बत ढंगबाट नै छिनोफानो हुनुपर्छ । एयरपोर्ट र बाटो बन्ने कुरा राष्ट्रिय आवश्यकता हो, त्यो अवश्यकता पूरा गर्न जे गर्नुपर्छ, त्यो काम गर्न हाम्रो सरकार प्रतिबद्ध छ । यसमा तपाईहरुलाई विश्वास दिलाउँन चाहन्छु,’ मन्त्री पोखरेलले भन्नुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थल कुनै लहर र रहरमा बनाउन खोजेको नभई आवश्यकताले बनाउन खोजिएको हो भन्दै मन्त्री पोखरेलले द्रूतमार्ग जति अपरिहार्य छ, यसैसँग गाँसिएको कारणले समेत निजगढ विमानस्थल बन्छ । यस विषयमा तपाईहरु ढुक्क रहनुस्’ भन्दै मन्त्री पोखरेलले आश्वस्त पार्नुभयो ।

करीब करोडको लगानीमा निर्मित नगरपालिकाको भवन उद्घाटन गर्न मन्त्री पोखरेल बारा आउनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*