बारा प्रहरीद्धारा बिरेन्द्र साहको हत्यामा संलग्न ‘मुख्य योजनाकार’ सार्वजनिक

फोटो : श्याम गुप्ता
ए वान डेस्क
२५ फाल्गुन २०७६, आईतवार १४:४१

ए वान डेस्क /

पत्रकार बिरेन्द्र साहको हत्यामा संलग्न मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालय बाराले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा संलग्न मुख्य योजनाकारलाई सार्वजनिक गरेको हो ।

मुख्य योजनाकार भनिएका कुन्दन फौजदारलाई बारा प्रहरीले आज बिहान उनकै घरबाट पक्राउ गरेको थियो । प्रहरी उपरीक्षक कृष्ण पंगेनीको नेतृत्वमा खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गर्न खोज्दा परिवार र स्थानीयले अवरोध गरेका थिए । सोही क्रममा परिस्थिति नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै पंगेनीले मुख्य योजनाकार फौजदारसहित ५ जनाले पत्रकार साहको हत्या गरेको बताउनुभयो । पत्रकार साहको २०६४ असोज १८ बाराको पिपरा बजारबाट अपहरण भएको थियो ।

अपहरणपछि खोज्दै जाने क्रममा साहको शव कार्तिक २२ गते टांगियाबस्तीको जंगलमा भेटिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*