औराहा उपभोक्ता सहकारीलाई कम्प्युटर उपहार !
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको औराहा उपभोक्ता सहकारी संस्था लिमिटेडलाई कम्प्युटर प्रदान गरिएको छ । होलिको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वडा नम्बर ७ निवासी श्याम महत्तोले संस्थालाई कम्प्युटर प्रदान गर्नुभएको हो ।
कार्यालय परिसरमा आयोजित कार्यक्रममा महत्तोले संस्थाका अध्यक्ष पुर्णचन्द्र तिमल्सिनालाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमकाबिच अध्यक्ष तिमल्सिनाले कम्प्युटर प्रदान गर्ने महत्तोलाई सम्मान गर्नुभएको थियो । शारीरिक रूपमा अशक्त भएपनि मानसिक रुपमा सबल र सकारात्मक सोच राख्ने महत्तोको कार्य निकै प्रशंसनीय रहेको संस्थाका धन प्रसाद बजगाईले बताउनुभयो ।
कार्यक्रममा संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।















